कोरोना भइरस महामारीको कारण बन्द भएको सवारी चालक अनुमती पत्रको अनलाइन आवेदन ९ महिना पछि खुल्ला भएको छ ।
अरु सरकारी काम अगाडि नै खुलेपनि प्रदेश मन्त्रालय र यातायात व्यवस्था विभागको भने समन्वय हुन नसक्दा आवेदन खुल्न ढिलो भएको हो ।
यातायात व्यवस्था विभागले गत पुस १० गते सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धि मापदण्डहरु परिपालन गर्ने व्यवस्था गरी मंगलबार देखि आवदेन खुल्ला गरेको हो ।
सेवाग्राहीले बिहान ६ बजेदेखि राती १० बजेसम्म फारम भर्न सक्ने विभागले जानकारी दिएको छ ।
अनलाई फारम भर्नको लागि यातायात व्यवस्था विभागको बेवसाइटमा जाने । पेज खुलेपछि दाइने पट्टी अनलाइन सवारी चालक अनुमती पत्र प्रणली लेखिएको लिङ्कमा क्लिक गर्ने । त्यसपछि पेजको सबैभन्दा माथी अनलाईन ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसनमा जाने ।
नयाँ पेज देखिएपछि क्याटोगोरीमा गइ नयाँ लाइसेन्स, लाइसेन्स रिन्यू, वा प्रतिलिपी मध्य एक अप्सन छानेर तल प्रोसिड लेखिएको बटममा क्लिक गर्ने ।
त्यसपछि व्यक्तिगत विवरण भरेर आफूलाई पाएक पर्ने परीक्षा केन्द्र छानेर सबमिट गर्ने । त्यहाँ तोकिएको मितिमा बायोम्याट्रिक दिन यातायात व्यवस्था कार्यालय जाने ।