logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओलीको सिद्धान्त बयलगाडाको सिद्धान्त हो भन्ने मलाई पहिल्यै थाहा थियो : प्रचण्ड


अंकुरण खबर
2.106K
Shares

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्रविरोधी रहेको आरोप लगाएका छन् ।

संसद विघटनविरुद्ध मंगलबार राजधानीको भृकुटीमण्डपमा सभालाई सम्बोधन गर्दै प्रचण्डले ओली संघीयता र धर्म निरपेक्षताको विरोधी भएको आरोप लगाएका हुन् ।

‘कमरेड केपी ओली गणतन्त्रबादी आन्दोलनको पक्षमा हुनुहुन्थेन । मलाई थाहा थियो उहाँको सिद्धान्त बयलगाडाको सिद्धान्त हो । आम जनतालाई थाहा थियो उहाँको सिद्धान्त माक्सवाद, लेलिनवाद र गणतन्त्रको सिद्धान्त होइन । उहाँको बयलगाडावाला सिद्धान्त, बयलगाडा चढेर अमेरिका जाने भन्ने सिद्धान्त मलाई थाहा थियो ।’ उनले विरोध सभालाई सम्बोधन गर्दै भने ।

उनले ओली निरंकुश तानाशाह भएको र उनले देशलाई भड्खालोमा हाल्ने पुष्टि भएको बताए । ‘उहाँले भन्दै आएको लोकतन्त्र कति निरंकुश रहेछ भन्ने देखियो । उहाँ निरकुंश तानाशाह हो, जसले देशलाई भड्खालोमा हाल्न खोजेको छ’, प्रचण्डले भने।

पार्टीले नै अगाडि सारेको प्रधानमन्त्रीबाट संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भएको भन्दै प्रचण्डले क्षमा मागे । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीबाट यति छिटो संविधानमाथि प्रहार हुन्छ भनेर आफूले नसोचेको बताए ।

प्रचण्डले प्रधानमन्त्री ओलीले संविधानमा नभएको कुरा ल्याएर संसद विघटन गरी कलंकको टिका लगाएको आरोप लगाएका छन् ।