काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५६ महिला र १४२ पुरुष गरी ३९८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा एक लाख २० हजार ७७९ जना व्यक्ति संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार काठमाडौंमा ३२४ जना, ललितपुरमा ५२ जना र भक्तपुरमा २२ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
यस्तै, आज ७ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार ५ सय ४८ पुगेको छ ।