बेलायतबाट फर्किएका ५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपालमा पनि बेलायतको जस्तै नयाँ स्वरुपको सङ्क्रमण देखिएको हो की भन्ने आशङ्का गरिएको छ ।
तर, जिन सिक्विनिङ नगरिकन भाइरसको स्वरुप थाहा नपाइने भएकाले त्यसबारे निर्क्यौल गर्न समय लाग्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका निर्देशक बासुदेव पाण्डेले १ सय भन्दा धेरै मानिस सम्पर्कमा रहेको उनीहरुलाई निगरानीमा राखिएको जानकारी दिए । उनीहरुमा नयाँ खालको भाइरस भएको हो वा होइन भन्ने बारेमा १ हप्ता पछि मात्रै पत्ता लाग्ने पनि डा. पाण्डेले बताए ।
मंगलबार जाँच गरिएको १६ जना मध्ये १४ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने २ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
बेलायतमा पत्ता लागेको कोरोनाको नयाँ प्रजाति छिमेकी भारतमा पनि देखिएको छ । साउदी अरबमा यो भाइरस भेटिएपछि सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरिसकेको छ ।