पहिलेको भन्दा तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसको नयाँ प्रजाति अमेरिकामा पनि देखा परेको छ ।
शुरुमा बेलायतमा देखा परेको नयाँ कोरोनाबाट अमेरिकामा पनि एक जना २० वर्षीय व्यक्तिमा पुष्टि भएको हो । तर ती व्यक्तिले कतै यात्रा गरेको (ट्राभल हिस्ट्री) नदेखिएको बीबीसीले जनाएको छ ।
अहिले विश्वका धेरै देशहरुमा धमाधम कोरोनाको नयाँ प्रजाति देखिइरहेको छ ।
नेपालमा समेत बेलायतबाट आएका पाँच जनामा यो संक्रमण देखिएको बताइएको छ ।