नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहको स्थायी कमिटीको बैटक स्थगित भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालको स्वास्थ्य अवस्था विग्रिएपछि बैठक स्थगित भएको हो ।
उनलाई आकस्मिक रुपमा मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । पत्नीलाई अस्पताल भर्ना गरिएपछि प्रचण्ड पनि अस्पताल पुगेका छन् ।
अध्यक्ष उपस्थित नहुने भएपछि स्थायी कमिटीको बैठक स्थगित भएको हो । आजको स्थायी कमिटी बैठकले दोस्रो चरणको संघर्षको कार्यक्रम तय गर्ने बताइएको थियो ।
कार्यक्रम शुरु अगावै पेरिसडाँडाबाट प्रचण्ड तनावमा देखिएका थिए । उनी केही बेरमा पेरिसडाँडाबाट बाहिरिएका थिए । प्रचण्डपत्नी अस्पताल भर्ना भएसँगै आन्दोलनका थप कार्यक्रम घोषणा पनि स्थगित भएको छ ।
बिहान ११ बजे शुरु भएको अखिल नेपाल महिला संघको वृहत भेलामा प्रचण्ड र नेपाल दुबैले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । भेलालाई झलनाथ खनालले मात्र सम्बोधन गरेका छन् ।