नेपालमा थप ५११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार ६०० जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। योसँगै अहिलेसम्म २ लाख ५१ हजार ९१२ जना संक्रमणमुक्त भएका छन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट सात जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १८४७ पुगेको छ।