logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौ उपत्यकामा थपिए ३१२ जना कोरोना संक्रमित


अंकुरण खबर
533
Shares

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३१२ जना कोरोना संक्रमित थपिएका छन् ।

आज देशभर ५ सय ११ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ३ सय १२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार काठमाडौंमा २ सय २५ जना, भक्तपुरमा ३८ जना र ललितपुरमा ४९ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

यो सँगै काठमाडौंमा कुल संक्रमितको संख्या ९६ हजार ७ सय ८५ पुगेको छ। जसमध्ये १३ हजार ५ सय ९८ जना उपचारपछि निको भएका छन् भने ४ सय ७० जनाको मृत्यु भएको छ। काठमाडौंमा अझै पनि २ हजार ९ सय ४२ जना सक्रिय संक्रमित छन्।

भक्तपुरमा हालसम्म ८ हजार ५ सय ७९ जना संक्रमित उपचारपछि निको भएका छन्। ८ हजार ८ सय ६३ कुल संक्रमितमध्ये १ सय १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। अझै पनि १ सय ८३ जना उपचाररत छन्।

यस्तै ललितपुरमा कुल संक्रमितको संख्या १५ हजार २ सय १८ पुगेको छ। १४ हजार ६ सय ९७ जना डिस्र्चाज हुँदा १ सय ४६ जनाको मृत्यु भएको छ। ललितपुरमा ३ सय ७५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।