logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अग्रगमनको डुंगा अघि बढ्यो, उहाँहरू किनारमै छुट्नुभयो : प्रधानमन्त्री ओली


अंकुरण खबर
2.47K
Shares

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डसँग आफूले गरेको सम्झौताले ब्रिफकेस नै भरिएको बताएका छन् ।

बबरमहलस्थित कार्की ब्यांकेटमा आयोजित राजधानीमा उपलब्ध सदूरपश्चिमका नेता तथा कार्यकर्ताहरूको प्रादेशिक भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

‘जहिल्यै सम्झौता। जहिल्यै सम्झौता। मेरो एउटा ब्रिफकेस नै भरिएको छ प्रचण्डसँगका सम्झौताले गर्दा,’ प्रधानमन्त्री ओलीले भने ।

ओलीले भने, ’आज एउटा सम्झौता गरेर पठायो, भोलि फेरि अर्को माग लिएर आउने । प्रधानमन्त्री तपाई नै हुनुस् जनताले तपाईलाई नै चाहेका छन् भनेर आउनुभयो । मलाई कार्यकारी अध्यक्ष दिनुस् भनेपछि दिएँ । भोलिपल्ट त मैले गल्ति पनि गरेँ कि कमरेड भन्दै आउनुभयो ।’

प्रधानमन्त्री ओलीले अग्रगमनको डुंगा अघि बढेको बताएका छन् । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालप्रति संकेत गर्दै प्रधानमन्त्री ओलीले भने,‘उहाँहरु अगाडि बढ्ने डुंगामा चढ्नु भएन, किनारमै छुट्नु भयो । उहाँहरु थाक्नु भयो, डुंगा अघि बढ्यो ।’

प्रधानमन्त्री ओलीले आफूहरु अग्रगमनको डुंगामा अघि बढेको र पार्टीबाट विभाजित भएर जानेहरु पछि छुटेको पनि बताए। प्रचण्डले आफ्नी छोरी जिताउन नसकेपछि मतपत्र च्यातेर धुजाधुजा पार्न लगाएको आरोपसमेत लगाएका छन् ।