logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पुस १७ देखि अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन सकिने


अंकुरण खबर
988
Shares

बैदेशिक रोजगारमा जान चाहने नेपालीले अब श्रम स्वीकृतिका लागि विभाग जानु नपर्ने भएको छ ।

लामो तयारीपछि सरकारले (शुक्रबार) पुस १७ देखि अनलाइनबाटै पुनः श्रम स्वीकृति दिने भएको हो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारीमा कार्यरत नेपालीले विदेशबाट समेत यस्तो सेवा लिन सक्नेछन् ।

उनले म्यादी जीवन बिमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइनबाटै श्रम स्वीकृतिका लागि आवेदन दिपर्ने जानकारी दिए ।

योसँगै विदामा नेपाल आएका र विदेशमै रहेको नेपालीले कार्यालयसम्म धाइरहनु पर्ने बाध्यताको अन्त्य भएको छ ।