नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सुनको मूल्यमा १०० रुपैयाँको गिरावट आएको हो ।
बिहीबार छापावाला सुन एक सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार एक सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज तेजाबी सुन प्रतितोला ९३ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्यमा पनि प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ३ सय रुपैयाँ कायम भएको छ ।