logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टिपरको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु


अंकुरण खबर
559
Shares

काठमाडौंको चन्द्रागिरि नगरपालिका १०, काठमाडौं आयल स्टोरस्थित सडकमा टिपरको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु भएको छ ।

बा.४ख २५७७ नम्बरको टिपरको ठक्करबाट दुईजना पैदलयात्रीको गएराति घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौं थापाथली बस्ने धादिङ गल्छी गाउँपालिका घर भएका २७ वर्षीय अभय लामा र काठमाडौं चन्द्रागिरि नगरपालिका १२, गुर्जुधारा बस्ने चितवन घर भएका २५ वर्षीय सुवास गमाल छन् ।

टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।