logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसदीय दलको नेताबाट हटाइए मुख्यमन्त्री राई


अंकुरण खबर
832
Shares

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले संसदीय दलको नेताबाट हटाएको छ ।

आज बसेको नेकपा प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री राईलाई संसदीय दलको नेताबाट हटाएको हो । यस अघि नेकपा सांसदले मुख्यमन्त्री राईविरुद्ध प्रदेश सभामा अविश्वास प्रस्ताव पनि दर्ता गराएका थिए ।

नेकपाले प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्यलाई चयन गरेको छ । उनलाई यस अघि मुख्यमन्त्रीमा प्रस्ताव पनि गरिएको छ ।

प्रदेश १ मा नेकपाका ६७ सांसद छन् । जसमध्ये ३६ जना बैठकमा उपस्ति रहेका थिए । यसअघि ३७ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

यस्तै यसअघि नेकपाले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई पनि स‌ंसदीय दलको नेताबाट हटाएका थिए । उनको ठाउँमा अष्टलक्ष्मी शाक्यलाई स‌ंसदीय दलको नेता चयन गरेको थियो ।