logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

नेपालमा थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि, ४४७ जना डिस्चार्ज


अंकुरण खबर
858
Shares

नेपालमा थप ५३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९३  पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार ४४७ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म २ लाख ५२ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १८५६ पुगेको छ ।