logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौ उपत्यकामा थपिए ३१२ जना कोरोना संक्रमित


अंकुरण खबर
663
Shares

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३१२ जना कोरोना संक्रमित थपिएका छन् ।

आज देशभर ५ सय ३४ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै ३ सय १२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार काठमाडौंमा २२५ जना, ललितपुरमा ४९ जना र भक्तपुरमा ३८ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै उपत्यकामा संक्रमितको संख्या एक लाख २० हजार ३३८ जना भएको छ ।

यस्तै, आज नेपालमा थप ५३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९३ पुगेको छ ।