नेपालमा एकै दिन थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ५६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ३२ हजार ४ सय ७७ पुगेको छ ।