logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२१ सुरु


अंकुरण खबर
1.378K
Shares

अग्रेजी (ग्रेगोरियन) क्यालेण्डर (पात्रो) अनुसार वर्ष २०२१ शुरु भएको छ ।

जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुवात् भएको भन्ने भनाइ रहेको छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए ।

समयको अन्तरका कारण क्रमशः पूर्वी देशहरुबाट पश्चिमका देशहरुले नयाँ वर्षलाई स्वागत गर्दैै मनाइरहेका छन् ।

सुदूरपूर्वी मुलुक न्यूजील्याण्ड, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, उत्तर कोरियालगायतका देश हुँदै मध्य र पश्चिमी विश्वका देशहरुमा इश्वीको नयाँ वर्षलाई स्वागत गरिएको छ।

केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीड भाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ ।

वर्ष २०२० मा संसारभरका सवा आठ करोडभन्दा बढी मानिसलाई कारोना भाइरसले आफ्नो पञ्जामा पार्‍यो भने झण्डै सवा १८ लाख मानिसलाई मृत्युको मुखमा पुर्‍यायो ।

तर वर्षको शुरुवातसँगै वैज्ञानिकहरुले मानव सभ्यताकै लागि चुनौति बनेको कोरोना भाइरसको खोप ल्याएकाले नयाँ आशाका किरणहरु देखिएको छ ।

कोरोना संक्रमणको विश्वव्यापी त्रासका बीच पनि मानिसहरुले निर्भिघ्न ढंगले नयाँ वर्षलाई स्वागत गरिरहेका छन् ।