logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आगामी तीन दिनको मौसम पूर्वानुमान : पश्चिमी वायुको सामान्य प्रभाव, कुन क्षेत्रको मौसम कस्तो रहला?


अंकुरण खबर
715
Shares

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गरेको छ ।  आज देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

अहिले सुदुर पश्चिम प्रदेश लगायत कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान:

पौष १७ गते (शुक्रबार)

आज दिउँसो प्रदेश १ र सुदुरपश्चिम प्रदेश का पहाडी भूभागमा आंशिक बदली  रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै आज राती प्रदेश १, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभाग साथै सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष १८ गते (शनिबार)

दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली, प्रदेश न २ मा आंशिक बदली रहनुको साथै गण्डकी प्रदेश तथा प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

सुदुर पश्चिम प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपात र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का बर्षाको समेत सम्भावना रहेको छ ।

यस्तै राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भू भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

पौष १९ गते (आईतबार)

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भू भागमा हल्का हिमपातको साथै पहाडी भूभागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै राती देशभर आंशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भू भागमा हल्का हिमपातको साथै पहाडी भूभागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:

तापक्रममा कमि भई चिसो रहि रहने हुनाले चिसोबाट बच्न तथा तराई र पहाडी भूभागका केही स्थानहरुमा बिहानीपख हुस्सु र कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।