logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साताको अन्तिम दिन सुनको मूल्य ४०० ले बढ्यो


अंकुरण खबर
1.118K
Shares

साताको अन्तिम कारोबार दिन आज शुक्रबार सुनको भाउ प्रतितोला ४०० रूपैयाँले बढेको छ ।

बिहीबारको तुलनामा सुनको मूल्य ४०० रूपैयाँले बढेर ९४ हजार ५०० रूपैयाँमा कारोबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार १०० रूपैयाँ कायम थियो ।

आज तेजाबी सुनको मूल्य ९४ हजार रूपैयाँ कायम भएको छ ।

सुनको मूल्य बढे पनि चाँदीको मूल्य भने स्थिर बनेको छ । आज चाँदीको भाउ प्रतितोला एक हजार ३०० रूपैयाँ कायम भएको जनाएको छ ।