ललितपुरको इमाडोलमा ९ वर्षीया बालिकामाथि बलात्कार भएको छ ।
आफ्नै छिमेकीमा बस्ने ४२ वर्षीय पुरुषद्वारा ९ वर्षीया बालिका बलात्कृत भएकी हुन् । बलात्कारको आरोपमा प्रहरीले ४२ वर्षीय हर्कबहादुर बिकलाई पक्राउ गरेको छ ।
झापा घर भइ ललितपुरको महालक्ष्मी नगरपालिका-३ इमाडोल बोजेपोखरीमा डेरा गरी बस्दै आएका बिकले पैसा दिन प्रलोभन देखाएर बलात्कार गरेका प्रहरीमा उजुरी परेको छ ।
पीडित बालिकाका आफन्तले दिएको उजुरीका आधारमा विकलाई पक्राउ गरिएको महानगरीय प्रहरी बृत्त ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनले जानकारी दिए ।
पक्राउ परेका विकविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद लिइएको एसपी महर्जनले जानकारी दिए ।