logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदेश २ का संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी


अंकुरण खबर
533
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।

ओली पक्षबाट नेकपा संसदीय दलका नेता बनेका सत्यनारायण मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भएको हो ।

३२ जना सांसद रहेका प्रदेश २ मा २० जना आफूहरुको पक्षमा रहको प्रचण्ड-नेपाल पक्षको दाबी छ । जसमध्ये १७ जनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरिसकेको प्रचण्ड-नेपाल समूहका सांसद शत्रुघन महतोले जानकारी दिए ।

आइतबार बस्ने संसदीय दलको बैठकमा अविश्वास प्रस्ताव दर्ता हुने उनले बताए ।