logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंमा वृहत् कार्यकर्ता भेला गर्दै ओली पक्ष


अंकुरण खबर
1.508K
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षले आज शनिबार काठमाडौंमा वृहत् कार्यकर्ता भेला गर्दैछ ।

भेला काठमाडौंको प्रज्ञा भवनमा १ बजे तय गरिएको हो । काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित भेलालाई प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् ।

यस्तै रामबहादुर थापा बादल, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने तय भएको काठमाडौं कमिटीले जानकारी दिएको छ ।

गत बुधबार ओली पक्षले कार्की ब्यांकेटमा सुदूरपश्चिमका नेता-कार्यकर्ताहरूको भेला गरेको थियो । भेलामा लेखराज भट्ट र प्रधानमन्त्री ओलीलगायतले सम्बोधन गरेका थिए ।

प्रतिनिधिसभा विघटनपछि दुई भागमा विभाजन भएको नेकपाका दुवै पक्षले कार्यकर्ता भेलालाई तीव्रता दिएका छन् । पुष्पकमल दाहाला प्रचण्ड-माधवकुमार नेपाल समूहले भने सडक संघर्षका कार्यक्रम समेत गर्दै आएको छ ।

प्रचण्ड-नेपाल समूहले प्रतिनिधिसभा विघटनलाई प्रतिगामी कदमका रूपमा अर्थ्याउँदै तत्काल पुनर्स्थापना गरिनुपर्ने बताउँदै आएको छ ।