logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै


अंकुरण खबर
1.079K
Shares

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछिको परिस्थितीबारे छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो ।

आजको बैठक यसअघिकै केन्द्रीय समिति बैठकको निरन्तरता हुने कांग्रेस नेताहरुले बताएका छन् । कांग्रेसले प्रतिनिधिसभा विघटनबिरुद्ध देशव्यापी प्रदर्शन र एकता दिवस मनाउन केही दिन बैठक स्थगित गरेको थियो ।

कांग्रेसमा सभापति शेरबहादुर देउवा पक्ष बिघटनपछि सर्वोच्च अदालतको आदेश कुर्ने र आन्दोलन नगर्ने पक्षमा छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने संबिधान मिचिएकाले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै आक्रामक रुपमा सडक आन्दोलनमा जानुपर्ने माग गर्दै आएको छ ।

कांग्रेसले विघटन असंवैधानिक भनेपनि कडा आन्दोलन थालेको छैन ।