logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पाँच दिनका लागि डोल्पामा लकडाउन


अंकुरण खबर
650
Shares

डोल्पामा आज (आइतबार) देखि पाँच दिनका लागि लकडाउन गरिएको छ ।

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि आजदेखि पुस २३ गतेसम्म लकडाउन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सदरमुकाम दुनैको पूर्वमा लोचाखोला, पश्चिममा सुलिगाड, उत्तरमा भेरी पारीको सम्पूर्ण बस्ती र दक्षिणमा तिप्ला जानेबाटो क्षेत्र भित्र लकडाउन गरिएको छ ।

लकडाउन अवधिभर जिल्लामा कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेलाजस्ता सामूहिक जमघट नगर्न आग्रह गरिएको छ ।

सदरमुकाम दुनै बजार क्षेत्रका खाद्यवस्तुलगायतका सम्पूर्ण पसल बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म मात्र खुला गर्न पाइने, होटल, रेष्टुरेन्ट, सैलुन, पुल हाउसजस्ता व्यवसाय पूर्ण रुपमा बन्द रहने जनाइएको छ ।