पार्टी केन्द्रीय कार्यालय पेरिसडाडाँमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटी बैठक जारी छ ।
संसद विघटन गरेपछि विभाजित बनेको नेकपाको प्रचण्ड–माधव समुहले संसद् पुर्नस्थापनाको लागि भन्दै देशभर विरोध प्रदर्शन गर्दै आएको छ । प्रचण्ड–नेपाल समूहले शनिबारमात्रै आन्दोलनको दोस्रो चरणका कार्यक्रम घोषणा गरेको थियो ।
जारी बैठकमा पार्टीको आगामी कार्ययोजना र रणनीतिबारे छलफल हुन लागेको जनाइएको छ ।