logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौ उपत्यकामा थपिए १९७ जना कोरोना संक्रमित


अंकुरण खबर
1.495K
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८७ महिला र ११० पुरुष गरी १९७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा १६० जना, ललितपुरमा २६ जना र भक्तपुरमा ११ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै उपत्यकामा एक लाख २० हजार ८५६ जना व्यक्ति संक्रमित भएका छन् ।

यस्तै, आज नेपालमा थप ४ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै २ लाख ६१ हजार ८५९ संक्रमितको संख्या पुगेको छ ।