logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभर २३४ आइसियु र भेन्टिलेटरमा, १९६६ संक्रमित होम आइसोलेसनमा


अंकुरण खबर
1.014K
Shares

देशभर हाल २ सय ३४ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्।

१ सय ९९ जना आइसियु र ३५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा ७ आइसियु र २ भेन्टिलेटरमा छन् । प्रदेश २ मा कुनै पनि संक्रमित आइसियुमा छैनन्। १ जना संक्रमित भने भेन्टिलेटरमा छ ।

बागमती प्रदेशमा ७० आइसियु र १८ भेन्टिलेटरमा, गण्डकीमा ५६ आइसियु र ४ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४९ आइसियु र ८ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेशमा १४ जना आइसियु र १ जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा ३ आइसियु र १ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै, देशभर हाल १ हजार ९ सय ६६ कोरोना संक्रमित होम आइसोलेसनमा छन् । ५ हजार ४ सय ८७ कुल सक्रिय संक्रमितमध्ये १ हजार ९ सय ६६ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । बाँकी ३ हजार ५ सय २१ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् ।

प्रदेश १ मा ९१, प्रदेश २ मा ३६, बागमती प्रदेशमा ७ सय ६, गण्डकी प्रदेशमा २ सय ९७, लुम्बिनी प्रदेशमा ४ सय ६७, कर्णालीमा ३२ र सुदूरपश्चिममा ३ सय ३७ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।