logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पत्नी सीताको थप उपचारका लागि प्रचण्ड भारत जाँदैं


अंकुरण खबर
780
Shares

नेकपा अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई थप उपचारका लागि आज भारतको मुम्बई लगिंदैछ ।

हिजो पेरिसडाँडामा भएको दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकमा दाहालले पत्नी सीताको उपचारका निम्ति आफू आज मुम्बई जान लागेको जानकारी गराएका हुन् ।

विगत केही दिनयता स्वास्थ्यमा समस्या बढेपछि सीतालाई थप उपचारका लागि आज भारत लैजान लागिएको उनको पारिवारिक श्रोतले जानकारी दिएको छ । वंशानुगत पार्किन्सन रोगबाट पीडित सीताको स्वास्थ्यमा केही साता यता थप जटिलता देखिएको छ ।

उनको अहिले मेडीसिटी अस्पतालमा भर्ना गरेर उपचार भईरहेको छ । यसअघि पनि भारत, अमेरिका र सिंगापुरमा उनको उपचार गरिएको थियो ।