logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एक करोड ४७ लाख रुपैयाँसहित काठमाडौं आउँदै गरेका भारतीय नागरिक पक्राउ


अंकुरण खबर
767
Shares

प्राइभेट (निजी) गाडी चढेर काठमाडौं आउँदै गरेका एक भारतीय नागरिक १ करोड ४७ लाख रुपैयाँसहित पक्राउ परेका छन् ।

महानगरीय प्रहरी प्रभाग नागढंगाबाट खटिएको प्रहरीले शंकाको आधारमा चेकजाँच गर्दा गाडी भित्र १ करोड ४७ लाख रुपैयाँ भेटिएको हो ।

ठूलो मात्रामा स्रोत नखुलेको रकम देखिएपछि प्रहरीले ती भारतीयलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार रकम बोकेका भारतीय नागरिक सवार गाडीका चालकलाई समेत पक्राउ गरिएको छ । प्रहरी स्रोतका अनुसार उनी कपिलवस्तुबाट एउटा निजी गाडी बुक गरेर काठमाडौं हिँडेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार दिउँसो पत्रकार सम्मेलन गरेर घटनाबारे विस्तृत विवरण सार्वजनिक गरिने जानकारी दिएको छ ।