logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० थान गोलीसहित एक जना पक्राउ


अंकुरण खबर
1.118K
Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना ५० थान पेस्तोलसहित पक्राउ परेका छन् ।

झापाको भद्रपुर जान लागेका झापा मेचीनगर-२ का बद्रीहाङ राई  ५० थान गोलीसहित पक्राउ परेका प्रहरीले जनाएको छ ।

श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जान लागेका राई ९ एमएमको पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित पक्राउ परेका हुन् ।

विमानस्थल सुरक्षामा खटिएका सुरक्षाकर्मीको चेकजाँचका क्रममा उनी पक्राउ परेका हुन् ।