logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माधव नेपालको अध्यक्षतामा पेरिशडाँडामा स्थायी कमिटी बैठक शुरु


अंकुरण खबर
923
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक कोटेश्वरको पेरिशडाँडामा बसेको छ ।

अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा बैठक शुरु भएको हो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) भने सहभागी छैनन् । उनी पत्नी सीता दाहालको उपचारका लागि सोमबार बिहान नै भारत गएका छन् ।

प्रचण्डले आइतबार बसेको स्थायी कमिटी बैठकमा नै पत्नी सीताको उपचारका लागि भारत जान लागेको जानकारी दिएका थिए ।

आइतबारदेखि शुरु भएको स्थायी कमिटी बैठक सोमबार नै सकिने जनाइएको छ ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, संसद विघटन, निर्वाचन घोषणा लगायतका विषयमा छलफल हुने स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए ।