सुनको मूल्य आज प्रतितोला आठ सय रुपैयाँ महंगो भएको छ ।
आज छापावाल सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायीले जनाएको छ ।
अघिल्लो दिन छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज तेजाबी सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदीको भाउ पनि २५ रुपैयाँले बढेको छ । अघिल्लो दिन १३ सय रुपैयाँ प्रतितोला कारोबार भएको चाँदी आज १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।