logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पत्नी सीताको उपचारका लागि दाहाल भारत प्रस्थान


अंकुरण खबर
702
Shares

नेकपाका दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालको उपचारका लागि भारत प्रस्थान गरेका छन् ।

पत्नी सीताको उपचारका लागि दाहाल सोमबार बिहान ११ बजे नेपाल एयरलाइन्सको उडानबाट भारत प्रस्थान गरेका हुन् ।

सीताको उपचार मुम्बईस्थित न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्सटिच्युटमा हुने छ । उनलाई सो अस्पतालका डाइरेक्टर तथा कन्सलट्यान्ट न्यूरो सर्जन डा. आलोक शर्माको टोलीले उपचार गर्ने बताइएको छ ।

सीता दाहाल लामो समयदेखि पार्किन्सनजस्तो देखिने रोगवाट पीडित छिन् । मेडिसिटी अस्पतालमा उपचार गराइरहेकी उनको स्वास्थ्य अवस्था थप बिग्रँदै गएपछि भारत लगिएको हो ।

यसअघि पनि उनको अमेरिका, सिंगापुर र भारतमा उपचार गरिएको थियो ।