सर्भरमा समस्या आएको भन्दै यातायात व्यवस्था विभागले सोमबारका लागि लाइसेन्सको अनलाइन फाराम बन्द गरेको छ ।
सर्भर मर्मत गर्नुपर्ने भएपछि सोमबार एक दिनका लागि अनलाइनबाट दिन सकिने आवेदन बन्द गरिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।
कोरोना महामारीका कारण नौ महीनादेखि बन्द रहेको सवारी चालक अनुमति पत्रको परीक्षाको अनलाइन फाराम १४ पुसदेखि शुरू भएको थियो । अनलाइन फाराम शुरू भएको एक साता नबित्दै सर्भरमा समस्या देखिएको छ ।
सर्भरको मर्मतका लागि सोमबार एक दिन मात्रै सेवा बन्द गर्नुपरेको विभागले सूचना जारी गरेर जानकारी दिएको छ। विभागले लामो समयपछि फारम खुलेको र प्रयोगकर्ताको चाप बढेका कारण समस्या आएको बताएको छ ।
सर्भरको मर्मत गरेर छिट्टै अनलाइन फाराम शुरू गर्ने पनि विभागले जानकारी दिएको छ ।