logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए १८५ जना कोरोना  


अंकुरण खबर
819
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं ८२ महिला र १०३ पुरुष गरी १८५ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै उपत्यकामा एक लाख २२ हजार ४१ जना व्यक्ति संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४० जना, ललितपुरमा २१ जना र भक्तपुरमा २४ जना नयाँ  कोरोना संक्रमण पुष्टि भएका हुन् ।

हालसम्म काठमाडौंमा मात्र ९७ हजार ७४८ जना संक्रमित भएका छन्, जसमध्ये ४७५ जनाको मृत्यु भएको छ । हालसम्म ९४ हजार ७६१  सय जना निको भएका छन् ।

ललितपुरमा १५ हजार ३५१ जना संक्रमित भएका छन् । जसमा १४७ जना संक्रमितको मृत्यु भएको छ । ललितपुरमा १४ हजार ८८८ जना निको भएका छन् ।

भक्तपुरमा ८ हजार ९४२ संक्रमितमध्ये १०७ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ७०१ जना निको भएका छन् ।

आज काठमाडौंमा २ हजार ५१५ ललितपुरमा ३१६ र भक्तपुरमा १३४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।