logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आजदेखि सुरू हुँदै


अंकुरण खबर
1.066K
Shares

गण्डकी प्रदेश सभाको विशेष अधिवेशन (मंगलबार) आजदेखि सुरू हुँदैछ ।

विपक्षी दलहरूले माग गरेपछि पहिलोपटक प्रदेश सभाको विशेष अधिवेशन बोलाइएको हो । अधिवेशनको बैठक आज दिउँसो १ बजे पोखरा सभागृहमा बस्नेछ ।

अधिवेशनमा जनसरोकारका विषयमा छलफल हुने अनुमान गरिएको छ । पार्टीभित्रको केन्द्रिय विवाद पनि उठ्न सक्नेछ ।

गण्डकी प्रदेशसभामा कूल ६० सांसदहरुमध्ये सभामुखबाहेक नेकपाका ३९ जना छन् भने नेपाली कांग्रेसका १५, जनमोर्चाका ३ र जसपाका २ सदस्य रहेका छन् ।