logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतीय सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रमा गोली प्रहार, १ जना नेपाली घाइते


अंकुरण खबर
897
Shares

भारतीय सुरक्षाकर्मीको गोली लागेर कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१ का १६ वर्षीय नरेन्द्र लुहार घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार लुहारको खुट्टामा गोलीको छर्रा लागेको छ ।

भारतीय वन क्षेत्र गठिगोठमा गएका बेला लुहारमाथि गोली लागेको बताइएको छ । घाइते लुहारलाई उपचारका लागि महाकाली अस्पताल ल्याइएको छ । लुहारमाथि सोमबार साँझ साढे छ बजेतिर गोली प्रहार भएको बताइएको छ ।

घटनाबारे विस्तृत विवरण भने आउन बाँकी रहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।