आज पनि सुनचाँदीको भाउ बढेको छ । आज सुन तोलामा १ हजार १०० रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाल सुन तोलामा ८०० रुपैयाँले बढेर प्रति तोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन प्रतितोला ९५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज चाँदी पनि प्रति तोलामा १० रुपैयाँले बढेर प्रतितोला १३३५ रुपैयाँ कारोबार भएको छ ।