सीमा क्षेत्रमा एक नेपालीमाथि गोली प्रहार गरी घाइते बनाएको घटनाको राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापाले भर्त्सना गरेका छन्।
उनले सो घटनाको छानबिन गर्न, भारत सरकारसँग विरोध प्रकट गर्न र दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
उनले ट्वीटरमा लेखेका छन्, ‘कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित नेपाल(भारत सीमामा भारतीय सुरक्षाकर्मीले सोमबार साँझ १६ वर्षीय नेपाली नागरिक नरेन्द्र लुहारमाथि गोली प्रहार गरेको घटनाको घोर भत्सर्ना गर्दछु।’
सोमबार साँझ भारतीय सुरक्षाकर्मीको गोली लागेर दोधाराचाँदनी-१ का अन्दाजी १६ वर्षीय नरेश सुनार घाइते भएका थिए।
कञ्चनपुरको दोधारा चाँदनी नपास्थित नेपाल-भारत सीमामा भारतीय सुरक्षाकर्मीले सोमबार नेपाली नागरिक नरेन्द्र लुहारमाथि गोली प्रहार गरेको घटनाको घोर भत्सर्ना गर्दछु।घटनाको छानबिन गर्न,भारत सरकारसँग बिरोध प्रकट गर्न र दोषीलाई कारबाही गर्न @kpsharmaoli @MofaNepal को ध्यान आकर्षित गर्दछु
— Kamal Thapa (@KTnepal) January 5, 2021