इलाममा खुकुरी प्रहार गरी एक पुरुषले आफ्नी श्रीमतीको हत्या गरेका छन् ।
सामान्य घरायसी विवादलाई लिएर देउमाइ नगरपालिका–८ का ३३ वर्षीय सुवास राईले श्रीमतीको हत्या गरेका हुन् ।
प्रहरीले राईलाई मंगलबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार सुवासले मंगलबार बिहान ५ बजेतिर खुकुरी प्रहार गरी २७ वर्षीय श्रीमती नम्रता राईको हत्या गरेका हुन् ।
स्थानीयको सूचनाका आधारमा प्रहरी चौकी जितपुरबाट खटिएको टोलीले ३३ वर्षीय सुवास राईलाई घरबाटै पक्राउ गरेको छ ।
राईलाई पक्राउ गरी घटनाका सम्बन्धमा थप अनुसन्धान शुरु गरिएको प्रहरी कार्यालय इलामले जनाएको छ ।