logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

२२ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा १ जना पक्राउ


अंकुरण खबर
1.469K
Shares

घर भित्रै पसेर २२ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा ओखलढुङ्गा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका वडा नम्बर ५ घर भएका ३० वर्षीय अर्जुन राई छन् ।

प्रहरीका अनुसार राईले बिहीबार बिहान २२ वर्षीया महिलामाथि बलात्कार गरेका थिए । आफ्नो घर भित्रै छिरेर डर त्रास देखाएर बलात्कार गरेको भन्दै पीडित महिलाले उजुरी दिएपछि प्रहरीले राईलाई पक्राउ गरेको हो ।

पीडित महिलाको उजुरीका आधारमा प्रहरी चौकी मानेभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका राईविरुद्ध जवर्जस्ती करणी कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जानकारी दिएको छ ।