logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

परराष्ट्रमन्त्री ज्ञवाली माघ एक गते भारत जाने


अंकुरण खबर
1.248K
Shares

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली माघ एक गते भारत जाने भएका छन् ।

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं बैठकका लागि उनी नयाँ दिल्ली जाने भएका हुन् ।

भ्रमणका क्रममा ज्ञवालीले राजनीतिक भेटघाट समेत गर्नेछन् । ज्ञवाली एक गते संयुक्त आयोगको बैठकमा सहभागी हुने र दोस्रो दिन उनले राजनीतिक भेटघाट गर्ने तय भएको छ । बैठकको मितिका बारेमा दुबै देशले औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ ।

आयोगको पाँचौं बैठक गत वर्ष भदौमा काठमाडौंमा भएको थियो । बैठकमा भारतका तर्फबाट विदेश मन्त्री एस जयंशकर सहभागी भएका थिए ।

नेपालमा राजनीतिक उतारचढाब कायम रहेको समयमा परराष्ट्रमन्त्रीले गर्न लागेको भ्रमणलाई महत्व पुर्ण रुपमा हेरिएको छ ।