logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधिसभा विघटनबारे अदालतमा बहस गर्नु परेपनि तयार छौँ : पौडेल


अंकुरण खबर
2.665K
Shares

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अदालतलाई सिधा प्रतिनिधि सभा पुनर्स्थापनाका लागि भन्नुपर्ने बताएका छन् ।

अदालतमा भएका मुद्दाबारे बोल्न हुने कि नहुने भन्ने बहस चलेको भन्दै उनले आफूहरू मुद्दाको एक पक्ष भएकोले वकालत र जिकीर गर्न पाउने भएकोले बोल्न मिल्ने तर्क गरेका हुन् ।

‘मोही माग्ने ढुङ्गो लुकाउने कुरा छैन । असंवैधानिक र अलोकतान्त्रिक कदम सच्चिनुपर्छ । राष्ट्रपतिले अनुमोदन गरिहाल्नु नहोला भन्ने आश थियो । अनुमोदन गरिदिनु भयो । राष्ट्रपतिबाट आश सकियो। अब सर्वोच्च मात्र हो । संविधानको आधार नलिई गरिएको कार्य अदालतका न्यायामुर्तिहरुले विचार गरी फैसला गर्नुहोला भन्ने अपेक्षा छ’, उनले भने ।

नेता पौडेलले थपे, ‘संविधानका अक्षर, भावाना र मनसाय पनि हेर्नुपर्छ । फैसला गर्दा संविधानमा किन र केका लागि यो व्यवस्था गरियो र धारा राखियो त्यही व्याख्या हुनुपर्छ । हामी भन्छौँ प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ । यसमा हामी एकमत भएका छौँ ।’