logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौ उपत्यकामा थपिए २३२ जना कोरोना संक्रमित


अंकुरण खबर
884
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं ९३ महिला र १३९ पुरुष गरी २३२ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७१ जना, ललितपुरमा ५३ जना र भक्तपुरमा ८ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै उपत्यकामा एक लाख २२ हजार २७३ जना व्यक्ति संक्रमित भएका छन्।

यस्तै, आज नेपालमा थप ५२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ ।