logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

न्यायाधीश कार्की इजलासमा नबसेपछि प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ एक सातालाई स्थगित


अंकुरण खबर
663
Shares

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा चलिरहेको निरन्तर सुनुवाइ एक सातालाई स्थगित भएको छ ।

न्यायाधीश हरिकृष्ण कार्कीले इजलासमा नबस्ने स्वआदेश दिएपछि सुनुवाई स्थगित भएको हो । अब अर्को पेशी एक सातापछि अर्थात पुस २९ गते तोकिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले कार्कीमाथि प्रश्न नउठाउन शम्भु थापालगायतका वरिष्ठ अधिवक्ताहरुलाई आग्रह गरे पनि आफ्नो भूमिकामाथि प्रश्न उठाइएको भन्दै न्यायाधीश कार्कीले आफू नरहने घोषणा गरेका हुन् ।

अब राणाले संवैधानिक इजलासमा नयाँ न्यायाधीश चयन गर्नुपर्नेछ ।