logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं तार्केश्वरमा ग्यास पड्किँदा २ जना घाइते


अंकुरण खबर
897
Shares

काठमाडौंको तार्केश्वरमा ग्यास पड्किँदा दुई जना घाइते भएका छन् ।

तार्केश्वर नगरपालिका-८ का नुवाकोट पञ्चकन्या गाउँपालिका-२ घर भएका ३४ वर्षीय रामचन्द्र श्रेष्ठको कोठामा मंगलबार राति ग्यास पड्किँदा दुई जना घाइते भएका हुन् ।

ग्यास पड्किँदा श्रेष्ठ र उनकी ६ वर्षीया छोरी रक्षा घाइते भएका छन् । घाइतेमध्ये रामचन्द्रको करुणा अस्पताल कपन र रक्षाको कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।