logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एक लाख ५० हजार रुपैयाँ घुससहित सव-इन्जिनियर पक्राउ


अंकुरण खबर
1.495K
Shares

तनहुँको भानु नगरपालिका कार्यक्षेत्र भई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) अन्तर्गत कार्यरत सव-इन्जिनियर सुरेन्द्र अधिकारी एक लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिए वापत अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले अधिकारीलाई सेवाग्राहीबाट लिएको घुस रकम एक लाख ५० हजारसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।

भानु नगरपालिका-२ बाट नियन्त्रणमा लिइएका अधिकारीमाथि थप अनुसन्धान भइरहेको छ अख्तियारले जनाएको छ।