logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओली र प्रचण्ड–माधव समूहबीच सहमतिको संभावना अझै छ : रामवीर मानन्धर


अंकुरण खबर
2.34K
Shares

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले ओली र प्रचण्ड–माधव समूहबीच सहमतिको संभावना अझै रहेको बताएका छन् ।

बुधबार साँझ काठमाडौंमा आयोजिक कार्यक्रममा राज्यमन्त्री मानन्धरले सहमतिको लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–माधव समुहलाई तीन प्रस्ताव राखेको जीकिर गरेका हुन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले चैतमा हुने महाधिवेशनबाट अध्यक्ष बन्न र आगामी चुनावमा नेकपाका तर्फबाट भावी प्रधानमन्त्रीका रुपमा घोषणा गरेरै जनताका बिचमा जाने,नयाँ पुस्तालाई पार्टी नेतृत्वमा ल्याउने गरी काम गर्न दिने प्रस्ताव गरेपनि प्रचण्ड सहमत नभएको मन्त्री मानन्धर बताए ।

कार्यक्रममा मन्त्री मानन्धरले प्रधानमन्त्रीलाई घेराबन्दीमा पारेर काम गर्न नदिइएकाले जनताको समृद्धिको सपना साकार पार्न पुन निर्वाचनमा जानुपरेको बताए ।