logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गृह मन्त्रालयले गर्‍यो १५ हजार घुस लिने इन्स्पेक्टरलाई निलम्बन


अंकुरण खबर
1.82K
Shares

१५ हजार घुस लिएको अभियोग लागेका महानगरीय प्रहरी वृत्त थानकोटमा कार्यरत प्रहरी निरीक्षक ९इन्स्पेक्टर० गायत्रीराज शर्मालाई निलम्बन गरिएको छ ।

नेपाल प्रहरी मुख्यालय नक्सालको सिफारिसमा गृह मन्त्रालयले शर्मालाई निलम्बन गरेको हो ।

घुससहित पक्राउ परेका शर्मालाई छानबिन थाल्नका लागि निलम्बन गरिएको प्रहरीले जनाएको छ ।

उनलाई कलंकीमा भएको एक दुर्घटनाको अनुसन्धान प्रतिवेदन ढिला बुझाएर नियमित प्रक्रिया लम्ब्याएको अभियोग लागेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले थानकोट वृत्तका वृत्तपति डीएसपी घनश्याम श्रेष्ठको रिपोर्टिङका आधारमा छानबिन थालिएको थियो ।