logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आगलागी हुँदा सिराहामा ८ वर्षीय बालकको मृत्यु


अंकुरण खबर
1.612K
Shares

सिराहामा एक घरमा आगलागी हुँदा ८ वर्षीय बालकको जलेर मृत्यु भएको छ ।

बुधबार साँझ मिर्चेया नगरपालिका-७ स्थित रसिद राइनको घरमा आगलागी हुँदा उनको ८ वर्षीय छोरा जाबिरको मृत्यु भएको हो ।

प्रहरीका अनुसार ८ वर्षीय छोरालाई घरभित्र सुताएर आमाबुवा बजार गएको समयमा आगलागी हुँदा बालकको मृत्यु भएको हो । बुधबार साँझ जाबिरलाई घरभित्र सुताएर रसिद र उनकी श्रीमती बजार गएका थिए । लामखुट्टेले धपाउनका लागि उनीहरुले घुर पनि बालेर गएका थिए । सोही घुरको आगो सल्केर आगलागी हुँदा बालकको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय मिर्चेयाका डीएसपी सन्टु जयसवालले भने, ‘लापरबाही भएकै कारण ठूलो घट्ना भएको छ ।”

उक्त आगलागीले घर र घरभित्रका सम्पूर्ण सामान जल्दा रु ५ लाख बराबरको क्षति समेत भएको उनले बताए । आगोलाई स्थानीयले नियन्त्रणमा लिएका थिए ।